बिहिबार, बैशाख २७, २०८१

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ

काठमाडौं फागुन २१,

संघीय संसद्‌अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाको गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित १९ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेका २० सांसदको पदावधि आइतवार सकिएसंगै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्य वाहेक नवनिर्वाचित १९ जनाले आज सपथ लिएको हो ।

आज सपथ लिने राष्ट्रिय सभाको सदस्यहरुमा क्रमस कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्टले शपथ लिएका हुन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द रहेका छन।

त्यस्तैगरि नेकपा एसको तर्फबाट घनश्याम रिजाल र सावित्री मल्ल जनता समाजवादी पार्टीको तर्फबाट पूजा चौधरी र नेकपा एमालेकी रुक्मणी कोइराला रहेका छन । कार्यक्रममा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेतो उपस्थिति रहेको थियो ।