बिहिबार, बैशाख २७, २०८१

सत्ता गठबन्धनमा दरार, राष्ट्रियसभा अध्यक्ष र उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

  काठमाडौं फागुन १६,

सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने र आगामी बैशाख १५ मा हुने उपनिर्वाचनमा पनि एक्लै उम्मेदवारी दिने निर्णय गरेको छ ।

गठबन्धन दल नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवारी बनाउँने तयारी गर्दै गरेको अवस्थामा माओवादीले भने राष्ट्रियसभा अध्यक्षमा आफैंले उम्मेदवारी दिने निर्णय गरेको हो ।

साथै आजको बैठकले माओवादी बैठकले नेताहरुको कार्यविभाजन पनि गरेको छ । कोशी प्रदेशमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा र गण्डकीमा दीनानाथ शर्मालाई इन्चार्जको जिम्मेवारी दिएको छ भने लुम्बनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीप्रसाद मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको छ । प्रवासतर्फ मध्यपूर्वमा पम्फा भुसाल, भारतमा लक्ष्मण पन्त, युरोपमा सुरेन्द्र कार्की र विशेष प्रदेशमा हितमान शाक्यलाई इन्चार्ज तोकेको छ ।

माओवादी केन्द्रले स्थायी समिति बैठक मार्फत राष्ट्रियसभा अध्यक्ष र आगामी बैशाख १५ मा हुने उपनिर्वाचनमा पनि एक्लै उम्मेदवारी दिने औपचारिक निर्णय गरेसंगै मौजुदा सत्ता गठबन्धनमा समेत दरा र सिर्जना हुने प्रवल संभावना बढेको छ ।