सोमवार, बैशाख १७, २०८१

आईसीसी यू–१९ विश्वकप: सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ माघ १७
आईसीसी यू–१९ विश्वकपअन्तर्गत आज भएको नेपाल र बंगलादेशवीचको सुपर सिक्सको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

टस जितेर ब्याटिङमा आएको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाउदै बंगलादेशलाइ १७० रनको लक्ष्य दिएको थियो । तर बंगलादेशले २५ दशमलव २ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै नेपाललाइ पाँच विकेटले पराजित गरेकोहो ।

यसअघि नेपाल समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोर्दै गर्दा अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्न सफलभएसंगै सुपर सिक्समा स्थान बनाएको हो । नेपालले अर्को सुपर सिक्सको खेल भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।