शुक्रबार, जेष्ठ ४, २०८१

बढ्यो एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ माघ १७,
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार समायोजन गरिएको  जनाउँदै निगमले बुधबार रातिदेखि लागु हुनेगरी मूल्य समायोजन हुने जनाएको छ।

  बढ्दो समायोजित मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढेको छ । डिजेल र मट्टितेलमा भने प्रतिलिटर २(२ रुपैयाँ बढेको छ भने खाना पकाउँने एलपी ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ बढाइएको छ । बढ्दो मुल्य अनुसार यसअघि एक हजार ८९५ रुपैयाँमा कारोबार हुने गरेको एलपी ग्यास सिलिन्डरको अव एक हजार ९१० रुपैयाँ पर्ने भएको छ ।

 त्यस्तै पेट्रोल अब पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टितेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ कायम हुने निगमले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु