बुधबार, जेष्ठ २, २०८१

एनसेलको सेयर खरिद-बिक्री छानबिन समितिले सरकारलाई आज प्रतिवेदन बुझाउँदै

 काठमाडौं माघ १५ ,
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री अध्ययन तथा छानबिन समितिले सुझावसहितको प्रतिवेदन आज सरकारलाई बुझाउँने भएको छ ।

गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

मलेसियन टेलिकम कम्पनी एक्जियटा आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको आधिकारिकतामा प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको हो ।