सोमवार, बैशाख १७, २०८१

चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन

 काठमाडौ पुस २९,

 त्यस्तै जिपलाइनको रमाइलो अनुभुत गर्नेक्रममाा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकनसंगै टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला मनोरम दृष्य देख्न सकिने जनाएको छ ।

 दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सकने जनाउँदै कम्पनीले हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुने र ३ चरणको जिपलाइनको खेल्ने र फोटो भिडियो सहितको प्याकेजको प्रतिव्यक्ति शुल्क १५ सय रुपैयाँ र टेण्डम [जोडी] जिपलाइनको मज्जा २ हजार रुपैयाँमै लिन सकिने जनाएको छ ।

त्यस्तै परिचयपत्र वाहक विद्यार्थीलाइ १० प्रतिशत र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउने जनाउदै कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्नुको अलावा चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने तयारी भइरहेको जनाएको छ ।