शनिबार, बैशाख १५, २०८१

झापा र बिरगञ्ज युनाईटेडवीचको खेल बराबरीमा

काठमाडौं मंसिर २३
नेपाल सुपर लिग एनएसएलमा शुक्रबार एफसी झापा र बिरगञ्ज युनाईटेड एफसीले बराबरी खेलेका छन् । खेल अवधिभर दुवै टिमले कुनै गोल गर्न सकेनन् । योगेश गुरुङ्ग ७३ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि झापा १० खेलाडीमा सिमित बनेको थियो ।

चोटका कारण कप्तान अन्जन विष्टले लगातार दोस्रो खेल गुमाएका थिए । झापाका आधा दर्जन प्रयासलाई बिरगञ्जका कप्तान दीप कार्कीले असफल बनाएका थिए । दोस्रो हाफमा विरगञ्जका डिबक्स भित्र अनमार्क रहेका विलियनको प्रहारलाई झापाका गोलपिकर स्टेफन क्युपिकले उत्कृष्ट बचाउ गरेका थिए । काउन्टर अट्याकमा अघि बढेका विलियनलाई रोक्न खोज्दा झापाका योगेशले रातो कार्ड खाएका थिए । झापाले ४ खेलबाट ३ अंक जोडेको छ भने पुछारको बिरगञ्जले २ अंक पाएको छ ।

्र