सोमवार, बैशाख ३, २०८१

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  काठमाडौं मंसिर २३,

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २००३ अक्टोबर ३१ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गर्दै डिसेम्बर ९ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो । उक्त महासन्धि २००५ डिसेम्बरदेखि कार्यान्वयनमा आएको हो ।

भ्रष्टाचारविरूद्ध विश्वव्यापी ऐक्यबद्धता’ भन्ने नाराका साथ यस वर्ष महासन्धिका पक्ष राष्ट्रले महासन्धिको २० औँ वर्ष पुगेको अवसरमा विशेष रूपले यो दिवस मनाउन लागेको हो । नेपालले भ्रष्टाचारविरूद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा १० डिसेम्बर २००३ मा हस्ताक्षर र ३१ मार्च २०११ मा महासन्धिको अनुमोदन गरेदेखि नै विभिन्न रणनीति तथा कार्ययोजना बनाई महासन्धिको कार्यान्वयन गर्दै आइरहेका छन ।

दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा आज विशेष कार्यक्रमको आयोजना गरेको छ ।