बुधबार, बैशाख २६, २०८१

माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं मंसिर १३,
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

स्मरण रहोस ,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आगामी फागुन २० गते सकिँदै छ। २०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका २० जना राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिदैँछ । यसअघि आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि माघ ११ गतेको समय उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेको हो ।

 त्यस्तै सरकार प्रवक्ता समेत रहका मन्त्री शर्माले कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार आजबोबैठकले निर्वाचनको मित अनुमोदन गरेको बताउनुभयो ।