सोमवार, जेष्ठ ७, २०८१

भूकम्प पिडित प्रयोजनार्थ आयोगको आर्थिक सहयोग

 काठमाडौं मंसिर  १३,

निर्वाचन आयोगले गत कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरूको प्रयोजनार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफुले पाउँने पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको तर्फबाट सात दिनको पारिश्रमिक तथा आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको हो ।

त्यस्तै आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी विज्ञप्तिमा आयोगको तर्पmबाट भूकम्पका कारण मृत्यु भएको नागरिकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको उल्लेख गरिएको छ ।