बुधबार, मंसिर २०, २०८०
Dashain

माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्ड निषेधित क्षेत्र घोषणा

काठमाडौं मंसिर ४,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिससमेतका आधारमा आज सूचना जारी गर्दै एक महिनासम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा धर्ना, जुलुस, प्रदर्शन, सभा, अनशन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशमा मंसिर ४ देखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने गरि यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको    हो ।

त्यस्तै जारी आदेशमा ‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शनजस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्तिसुरक्षा भंग हुनेसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने’ भएकाले निषेधाज्ञा लागु गरिएको उल्लेख गरिएको छ ।

स्मरण रहोस मंसिर ७ गते माइतीघरमा दुई छुट्टाछुट्टै समूहले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031