सोमवार, जेष्ठ ७, २०८१

बुधबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं मंसिर ५,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको बुधबार केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधवारको बैठकमा मुलत ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारीसंगै मुलुकको समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा छलफल गर्ने कार्यसुची रहेको जनाएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा मंसिर १४ गतेदेखि एमालेले दार्चुलाको झुलाघाटबाट सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्दै छ ।