बुधबार, मंसिर २०, २०८०
Dashain

राजधानीमा टिकटक प्रयोकर्ताहरुको प्रदर्शन

 अदालतमा दर्ता भएको रिटको आज हुने भनिएको सुनुवाइ स्थगित

काठमाडौं मंसिर ४,
सरकारले टिकटकका कारण सामाजिक सद्भाव बिथोलिएको भन्दै कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठक मार्फत टिकटकमाथि प्रतिबन्ध लगाएसंगै टिकटक प्रयोगकर्ता समेत आन्दोलित भएका छन ।
सरकारले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाएको विरोधमा आज राजधानीमा टिकटक प्रयोगकर्ताहरुले प्रदर्शन गरेको हो ।

टिकटक प्रयोगकर्ताहरुले माइतीघर मण्डलदेखि बानेश्वरसम्म नाराबाजी सहित  टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल नियमन गर्नुपर्नेमा नियन्त्रण गर्न नहुँनेमा उनिहरुको जोड रहेको थियो ।

त्यस्तै टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको १० वटा रिटको आज सुनुवाइ हुने भनिए पनि स्थगित भएको छ ।  टिकटक रिटको पेसी न्यायाधीश कुमार चुडालको एकल इजलासमा परे पनि हेर्न नभ्याइने भएपछि मंगलवारसम्मका लागि स्थगित गरिएको हो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031