बुधबार, मंसिर २०, २०८०
Dashain

बडादशैं २०८० को मंगलमय शुभकामना

काठमाडौं कार्तिक ४ ,
नेपाली मात्रको महान चाड बडादशैं घर आँगनमा भित्रिइएको पनि आज सातौ दिन भइसकेको छ । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकुलता खोज्दै खुशी साट्ने नेपालीहरूले आफ्नो संस्कृतिलाई स्मरण गर्दै यो वर्षको बडादशैंलाई पनि उल्लासमयरूपमा मनाउँने तयारीमा जुटेका छन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको यो महान् पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।

मातृ शक्तिको महत्वमा आधारित नवरात्रिका नौ दिनमा जगत्जननी भगवती नवदुर्गाका नौ अवतार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा देवी, कुष्माण्डा देवी, स्कन्दमाताको पूजा–आराधना गरिन्छ । बडादसैँको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ भने त्यसैदिनदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी सुरु गरिएको पूजा अन्र्तगत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

त्यस्तै विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास रहिआएको छ । यसैवीच आम सार्वभौम सम्पन्न नेपालीको भावना माथि यो वा त्यो बहानामा प्रहार गर्ने दृष्य वा अदृष्य शक्तिको तेजोबोध गर्ने् शक्ति देवीदुर्गाले प्रदान गरुन भन्ने कामना गर्दैछौं ।

साथै वर्ष २०८० को अवसरमा पछिल्लो समय मुलुकमा मौलाउँदै आएको यावत विकृति संगै सञ्चार जगतमा समेत मौलाउँदै आएको श्रमको शोषण गर्ने प्रवृतिको अन्तय होस भन्ने कामना गर्दै वडादसैंका कारण हामी निरन्तर Update हुन नसकेपनि यहाँहरुसङग बेलाबखत भने जोडिने हरसंम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुन एकपटक परिवारिक तथा सामाजिक पूनर्मिलन र आपसी भाइचारा एवम् सदभाव अभिवृद्धि गर्ने सन्देश समेत बोकेको यस महान् पर्वको गरिमा र महत्वलाई अक्षुग्ण राख्न यसलाई बिकृतिमुक्त बनाई सभ्य र सालीन रुपमा मनाउनु हुन आह्वान गर्दछौं । साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा शुभ विजयादशमीको अवसरमा www.kantipurhotline.com परिवारका तर्फबाट सम्पूर्ण Online का पाठकवर्ग,विज्ञापनदाता तथा सवै नेपालीजनको दशैँ शुभ रहोस भन्दै विजयादशमी २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30