बिहिबार, बैशाख २७, २०८१

आजदेखि विपी साहित्य महोत्सव [कार्यक्रम सूची सहित]

काठमाडौं भाद्र २४ ,
आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेसले तीन दिने विपी साहित्य महोत्सव विपी साहित्य महोत्सव, २०८० कोआयोजना गर्दैछ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे  कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । पहिलो दिन आज बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शनका साथ महोत्सव सुरु हुनेछ । त्यसपछि विपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनुहुनेछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकको निर्णय अनुसार महामानव विपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, र फाइनआर्टको सहयोगमा हुन लागेको ‘विपी साहित्य महोत्सवमा विपीका दृष्टिमा विपी, विपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग–अलग सत्र सञ्चालन हुने भएके छ। त्यस्ते महोत्सवको पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको समेत आयोजना गरिने भएको छ ।

त्यस्तै दोस्रो दिन भाद्र २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । माक्र्स, गान्धी र विपी, आजको लोकतान्त्रिक समाजावादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनुहुने छ । त्यसपछि विपीले नपाएका १५ वर्ष, विपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विपी, युवा स्रष्टामा विपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

तेस्रो दिन भाद्र २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि विपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनुहुने छ । त्यसपछि समावेशिता, सामाजिक रुपान्तरण र विपी, समय र सबाल्र्टन, विपीका आख्यानमा नारी, परिवारले बुझेका विपी विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन् । अन्तिममा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने भएके छ।

साथै प्रसतुत महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान वुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

विक्रम संवत १९७१ भाद्र २४ गते जन्मनुभएका कोइरालाले मुलकमा प्रजातन्त्र स्थापनाको लागि तत्कालीन जहानियाँ राणा शासनको विरोधसंगै प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण दस्तावेज सावित हुँदै आएको छ ।
त्यस्तै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान संस्मरणिय रहिआएकोछ ।

२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।  विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् जननिर्वाचित सरकार अपदस्त गरेर कोइराला लगागतका नेतालाई कुनै मुद्दा बिना नै आठ वर्ष सुन्दरीजल बन्दी गृहमा बन्धक बनाइएको
थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएपछि कोइराला तत्पश्चात् लामो समयसम्म निर्वासनमा बस्नुभइ ८ वर्षपछि  भारतमा निर्वासित जीवन विताउँदै २०३३ सालमा मुलकमा देखिएको अनिष्ट समाप्तिका लागि राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फकर्नुभएको थियो त्यस्तै उहाँको क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो ।