सोमवार, जेष्ठ ७, २०८१

आज ११० औ वीपी जयन्ती : काँग्रेस मुख्यालयमा आजदेखि तीनदिने वीपी साहित्य महोत्सव हुँदै

काठमाडौं भाद्र २४ ,
आज   नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको विभिन्न कार्यक्रमको आयोजना गर्दै ११० औ जन्मजयन्ती मनाइँदै छ । यसैक्रममा काँग्रेस मुख्यालयमा आजदेखि तीन दिनसम्म वीपी साहित्य महोत्सव, २०८० आयोजना हुँदैछ ।

विक्रम संवत १९७१ भाद्र २४ गते जन्मनुभएका कोइरालाले मुलकमा प्रजातन्त्र स्थापनाको लागि तत्कालीन जहानियाँ राणा शासनको विरोधसंगै प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण दस्तावेज सावित हुँदै आएको छ । त्यस्तै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान संस्मरणिय रहिआएकोछ ।

२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।  विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् जननिर्वाचित सरकार अपदस्त गरेर कोइराला लगागतका नेतालाई कुनै मुद्दा बिना नै आठ वर्ष सुन्दरीजल बन्दी गृहमा बन्धक बनाइएको थियो ।

अपदस्त गरेर कोइराला लगागतका नेतालाई कुनै मुद्दा बिना नै आठ वर्ष सुन्दरीजल बन्दी गृहमा बन्धक बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएपछि कोइराला तत्पश्चात् लामो समयसम्म निर्वासनमा बस्नुभइ ८ वर्षपछि  भारतमा निर्वासित जीवन विताउँदै २०३३ सालमा मुलकमा देखिएको अनिष्ट समाप्तिका लागि राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फकर्नुभएको थियो त्यस्तै उहाँको क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो ।

त्यस्तै नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु९याउनुभएका कोइरालाको नेपाली साहित्यक्षेत्रमा पनि दर्जनौ कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् बावु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथासङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031