सोमवार, जेष्ठ ७, २०८१

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रधानमन्त्री

काठमाडौं भाद्र २३,

प्रधानमन्त्री प्रचण्डले योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन माओवादी केन्द्रलाई जनताको पार्टीको रुपमा स्थापित गर्ने बताउनु भएको छ ।   सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा रहेको जना संगै ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न पनि यो अभियान सफल पार्न जरुरी रहेको बताउँनुभयो ।

त्यस्तै अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको संज्ञा दिदै सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिसकेको बताउनु भयो ।

साथै मुलकमा सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताउँनुहुँदै प्रधानमन्त्रीले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्ज आयोजना समेत सुरूवात गरिएको बताउँदै आफ्नो चीन भ्रमणको क्रममा नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डाको सम्बोधन हुने बताउनु भयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031