बुधबार, बैशाख २६, २०८१

मौजुदा  ८९ वटा सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गर्ने महानगरको निर्णय

काठमाडौं साउन ६,
काठमाडौँ महागरको नगर सभाले पारित गरेको प्रस्ताव अनुरुप आफू मातहत रहेको ८९ वटा सामुदायिक विद्यालयमा रहेको मौजुदा विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय गरेको छ।  नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरणभएसंगै राजपत्रमा प्रकाशित हुने र त्यसपछि कार्यान्वयनमा आउँने भएको छ।

नगर सभाले पारित प्रस्तावमा मौजुदा व्यवस्थापन समिति हालको भङ्ग गर्दै सम्बन्धित वडाका अध्यक्षको अध्यक्ष्तामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्ययोजना रहेको छ । यसअघि समितिमा सम्बन्धित वडाका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको थियो ।

 त्यस्तै पारित प्रस्तुत प्रस्ताव उपर सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको विमति रहकै कारण प्रमाणीकरणमा केहि समस्या देखिएको थाहा भएको छ। साथै महानगरको प्रस्तुत निर्णय विरुद्ध उनिहरु अदालतमा जाने तयारी सम्म भएको बुझिएको छ।