शनिबार, बैशाख २९, २०८१

मनसुनी वायुको बढ्दो प्रभावसंगै देशभर भारी वर्षाको संभावना

काठमाडौं असार १५,
जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय मनसुनको सक्रियताबढेसंगै देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको ।

त्यस्तै विभागले बढ्दो मनसुनी वायुको प्रभावसंगै आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना औल्याउँनुको अलावा आज राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै यसवीचमा बढ्दो भारी वर्षाको सम्भावनाका कारण रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने तसर्थ भारी वर्षा, मेघगर्जनरचट्याङ, हावाहुरी, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।