शुक्रबार, बैशाख २८, २०८१

पश्चिमी र स्थानीय वायुको प्रभाव: देशको पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं जेठ २३ ,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको र यहि कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

त्यस्ते दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौँको विवरणमा काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहने जनाएको छ ।