शुक्रबार, बैशाख १४, २०८१

संसद बैठकमा विपक्षी दलको अवरोध, सासंदहरुलाइ रत्यौली नखेल्न सभामुखको आग्रह

आफू धर्मनिरेपेक्षीवादी रहेको र सबै जनताको आस्था आफ्ना लागि  समान : प्रधानमन्त्री

बंगलादेश जाने बाटोसँग लिपुलेक, लिम्पियाधुरा सट्टापट्टा किमार्थ  गर्न सकिन्न : एमाले अध्यक्ष ओली

काठमाडौं जेठ २२ ,
आज बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको प्रसंगमा उठेका प्रश्नका जवाफ दिन खोज्दा विपक्षी दलले अवरोध गरेको छ ।  सभामुख देवराज घिमिरेले सांसदहरुलाई प्रधानमन्त्रीलाई बोल्न दिन आग्रह गरेका थिए । तर अवरोध कायम नै रहेपछि सभामुखले भने, ‘ सासंदहरुलाइ दोहोरी नखेलौं । प्रधानमन्त्रीलाई बोल्न दिऊँ । नियमआपत्ति भए तपाईंहरु पछि बोल्नुहोस् भन्दै गर्दा पनि अवरोध कायमै रहेपछि सभामुखले सांसदहरुलाई रत्यौली नखेल्न आग्रह गर्नुभयो ।

बैठकमा जारी अवरोधका कारण प्रधानमन्त्री दाहालले जवाफ दिन नपाएसंगै उहाँले आफूले तथ्य राखिसकेपछि खण्डन गर्न सांसदहरुलाई आग्रह गरेको केहि समय पछि अवरुद्ध संसद बैठक सुरु भएको हो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा इन्दोरस्थित महाकालेश्वर मन्दिरमा दर्शन गर्दा गेरुवा वस्त्र लगाएको विषयमा स्पष्टीकरण दिदै महाकालेश्वर मन्दिरको प्रोटोकलका कारण गेरुवा वस्त्र लगाउनुपरेको जनाउ संगै आफू धर्मनिरेपेक्षीवादी रहेको र सबै जनताको आस्था आस्था आफ्ना लागि   समान रहेको  बताउनुभयो ।

यसैवीच बैठकमा वोल्दै एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देश उत्साहित हुनु पर्नेमा तरंगित बनेको प्रतिक्रिया दिदै बंगलादेश जाने बाटोसँग लिपुलेक, लिम्पियाधुरा सट्टापट्टा गर्ने हुँन नसकने बताउनुभयो । बंगलादेश इन्डिया नेपालसम्म बस यातायात सञ्चालनको सहमति यसअघिनै भइसकको स्मरण सहित बंगलादेशसम्म जाने मार्ग प्राप्त गर्न हामीले कुनै जमीन भारतलाइ दिनु पर्छ भन्नेकुरा किमार्थ मान्न नसकिने बताउनुभयो ।