आइतवार, बैशाख २३, २०८१

प्रम प्रचण्डको अभिव्यक्तिको सर्वत्र विरोध, एमालले संसद् बैठकमा जवाफ माग गर्ने

काठमाडौं जेठ २०,

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्नेक्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्दै अभिव्यक्ति गर्नु भएको अभिव्यक्तिको सर्वत्र विरोध सुरु भएको छ ।

यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ । शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशहित विपरीत अभिव्यक्ति दिनुभएको बताउँदै उहाँको भ्रमण निराशाजनक मात्र नभएर तीर्थाटनजस्तो भएको टिप्पणी समेत गर्नुभएको छ।

त्यस्तै गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर चाल्नु भएको असंवैधानिक कदमको विषयमा समेत संसद बैठकमा एमालेले आवाज उठाउने बताउनुभयो ।