बुधबार, अशोज १७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक फरार आरोपि महर्जन पक्राउ

काठमाडौं जेठ १८,
नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ गरेका छन । शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो ।

यसअघि प्रस्तुत प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १७ जना पक्राउ परिसकेको छन ।

यसवीचमा पक्राउ परेका र फरार रहेको समेत गरि कुल ३० जनाविरुद्ध राष्ट्र हित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिएको छ ।

 केही दिनअघि फरार मध्येका एक लक्ष्मी महर्जन पक्राउ परेको केहि समय पछि हरिभक्तलाइ काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031