सोमवार, बैशाख ३१, २०८१

काँग्रेसले भन्यो -नागरिकता विद्येयक प्रमाणिकरणका विषयमा दुष्प्रचार र संविधानको अपव्याख्या नगरौं

काठमाडौं जेठ २०,
नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारका साझेदार दल नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक सङ्कट टार्दै राष्ट्रिय एकताको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ ।

तत्कालीन राष्ट्रपतिले संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको विधेयक संविधानको धारा ११३ को उपाधार ४ बमोजिम प्रमाणीकरण गर्न पर्ने संवैधानिक प्रावधानलाई बेवास्ता गरेर अलपत्रमा पारेको अवस्थामा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेर कांग्रेसको टिप्पणी रहेको छ ।

सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आज विज्ञप्तिमार्फत नागरिकता विधेयक प्रमाणीकरणको विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै नेपाल नागरिकता ऐन, २०६३ को विषयमा भएको दुष्प्रचार र संविधानको अपव्याख्या प्रति ध्यानाकर्षण सहित यस्तो धारणा सार्वजनिक गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा संविधानको धारा ११३को ४ बमोजिम प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाई सबै प्रक्रिया पूरा गरी आएको विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण गरिएको स्पष्ट विषयको आफू खुसी अर्थ लगाई जनतामा भ्रम फैलाउने चेष्टा गरिनु आफैमा परुत्युउत्पादक हुने भन्दै कुन समय पारेर प्रमाणीकरण ग¥यो भन्ने कुरा आफैमा अर्थहीन भएको उल्लेख गरिएको छ।

त्यस्तै लामो समयदेखि सिर्जित नागरिकता समस्याको समाधान गरेर लाखौँ पीडित नागरिकको पीडामा मलम लगाउने काम भएको जनाउ सहित प्रमाणिकरण भएको विधेयक सबै प्रक्रिया पूरा गरी संसद्ले राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिसकेको फेरि संसद्मै फिर्ता गर्न संविधानमा कुनै व्यवस्था नभएको समेत उल्लेख गरिएको छ।

त्यस्तै ज्यान मुद्दामा सजाय पाएका बालकृष्ण ढुंगेललाई एकदिन पनि सजाय नकाटी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिँदा सञ्चो मानेर बस्नेहरू आफू घटनामा उपस्थित नै नरहेको र केवल उत्पीडन र विभेदमा परेका थारु समुदायको अधिकारको आवाजको नेतृत्व मात्र गरेका रेशम चौधरीलाई सबै राजनीतिक दलको मागअनुसार मन्त्रिपरिषद्को सिफारिसमा बाँकी कैद मिनाहा गरी माफी दिँदा राष्ट्रपति संस्थामाथि नै आक्षेप लगाउँदै हल्ला मच्चाउनु कति उपयुक्त हो ? सत्तामा हुँदा र सत्ताबाहिर रहँदा फेरिने धारणा, मत र अभिव्यक्तिले दल र दलका नेताहरूकै विश्वसनियता कमजोर बनाउने कुरामा सबैको ध्यान पुग्नु जरुरी   रहेको उल्लेख गर्दै राष्ट्रपति जस्तो सम्मानित संस्थाका बारेमा अनावश्यक र अनर्गल प्रचार हुनु खेदजनक रहेको भन्दै काँग्रेसले विज्ञप्तिमार्फत यस्ता दिग्भ्रमित दुष्प्रचारका पछाडि नलाग्न सम्पूर्णमा अपिल गरेको छ ।