आइतवार, बैशाख २३, २०८१

भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रम प्रचण्ड स्वदेश फर्किए

काठमाडौं जेठ २०,
भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल इन्दोरबाट नयाँ दिल्ली हुँदै शनिबार साँझ काठमाडौं फर्किर्नुभएको हो।

प्रधानमन्त्री प्रचण्डले अवको कृहि क्षणमा आफ्नो भारता भ्रमणको विषयमा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरि जानकारी गराउँने तयारी भइरहेको छ ।

स्मरण रहोस प्रम प्रचण्डको भारत भ्रमणको क्रममा दुइदेशबीच सातबुँदे सहमति भएको छ भने भारतले दश वर्षमा १० हजार मेगावाट विद्युत आयत गर्ने सहमति समेत भएको भारतीय प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनमा यसअघिनै जानकारी गराउनुभएको थियो ।

भारत भ्रमणको क्रममा प्रम प्रचण्डले मध्यप्रदेशको इन्दोर र उज्जैन सहरको भ्रमण गरेका हुन् । इन्दोरमा दाहालले मध्ये प्रदेश सरकारले फोहोर व्यवस्थापनमा गरेको कामको अवलोकन संगै उज्जैनको महाकालेश्वर मन्दिरको पूजा गर्नुको साथै एक सय ८ किलोग्राम रुद्राक्ष चढाएका थिए ।