आइतवार, जेष्ठ १४, २०८०

संसद बैठकमा भ्रष्टाचारको आरोप-प्रत्यारोपसंगै एमालेको अवरोध, २० मिनेटका लागि बैठक स्थगित

काठमाडौं जेठ १२ ,
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका लागि आज बसेको संसद बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले बेल घेराउ गरेसंगै प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएसम्म संसद् चल्न नदिने अडान राखेसंगै एमालेका सांसदहरूले उठेर विरोध संगै सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेको हो ।

सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद् चल्न नदिने जनाउ दिएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930