बिहिबार, चैत्र १५, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी विरुद्ध काठमाडौं जिल्ला अदालतमा आजबाट सुनुवाइ हुँदै

काठमाडौं जेठ १२,
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आजबाट सुनुवाइ हुँदैछ ।  बुधबार काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको हो ।

 सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा ९एमाले० नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले प्रहरीबाबाट प्राप्त अनुसन्धान प्रतिवेदनको पक्राउ परेका १६ जना र फरार रहेका १४ गरी ३० जनाविरुद्ध चार वटा छुट्टाछुट्टै दायर मुद्दामा आजबाट न्यायाधीशसमक्ष बयान बयान र थुनछेक प्रयोजनको निरुपण गर्ने अदालत स्रोतले जनाएको छ।