शनिबार, बैशाख १५, २०८१

आज देशभर सामान्यदेखि पूर्णतया बदलीसंगै काठमाडौंमा मध्याह्नबाट वर्षाको संभावना

काठमाडौ जेठ १०, 

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने जनाएकोछ ।

त्यस्तै विभागले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा समेत सामान्यदेखि पूर्णतया बदली रहेको जनाउँनुको अलावा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको केही र बाँकी प्रदेशका एकाध स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

साथै विभागले काठमाडौंमा मध्याह्नबाट वर्षा सुरु हुने जनाउँदै यो क्रम बेलुका र राति पनि जारी रहने जनाएको छ।