सोमवार, बैशाख २४, २०८१

यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

 काठमाडौं जेठ ७,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

त्यस्तै सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलि रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाँहिं धेरै गर्ने संकल्प लिएको बताउनुभयो ।

मन्तब्यका क्रममा प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरुको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिदै संक्रमणकालिन न्यायको विषयमा सत्ता गठबन्धनमा राम्रो बुझाई रहेको समेत बताए। साथै, विपक्षका दलका नेताहरू पनि कोलम्बियाको भ्रमण गरेर त्यहाँ द्धन्द्धलाई शान्तिका कसरी परिणत गरिएको थियो भन्ने सिकेर आएको बताउँदै सो सिकाईका आधारमा पनि नेपालको शान्ति प्रक्रियाका बाँकि काम छिट्टै टुंग्याउने गरी सरकार लागेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञावाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।