बिहिबार, बैशाख २०, २०८१

मिटरब्याजी समस्या जाँचबुझ आयोगमा १६ हजार निवेदन दर्ता

काठमाडौं जेठ ८,
मिटरब्याज अपराधबारे सरकारले गठन गरेको जाँचबुझ आयोगमा १६ हजार निवेदन दर्ता भएका जनाएकोछ ।

त्यस्तै आयोगले मिटरब्याजसम्बन्धी समस्या मधेश प्रदेशमा सबैभन्दा बढी देखिएको जनाउँदै आयोगले आयोग गठन सम्बन्धी जानकारी पीडितहरूले ढिला थाहा पाएकाले निवेदन दिने म्याद अन्तिम पटकका लागि सात दिन थप गरेको जनाएँदै अझै उजुरी बढ्न सकने जनाएको  छ ।

त्यस्तै प्रारम्भिक चरणमा आयोगले अनुचित लेनदेनमा कानुनी कारबाहीभन्दा मेलमिलापबाट समाधान गर्न आह्वान गर्दै मेलमिलाप हुन नसकेमा भने कानुनबमोजिम कारबाही अगाडि बढाइने जनाएको छ । स्मरण रहोस,  सरकारले मिटरब्याजलाई अपराध मान्दै मिटरब्याजी हदैसम्मको कारवाही गर्ने निति अख्तियार गरेको छ । सरकारले गत बैशाख १७ गते मिटरब्याजी पीडितको समस्य समाधान गर्न गठित अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगको कार्यालय धनुषाको जनकपुरधाममा स्थापना गरेको हो ।