बिहिबार, बैशाख २०, २०८१

कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य बन्दैन :  पूर्व राजा शाह

 काठमाडौं जेठ ८,
पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीमा नागरिक अभिनन्दन ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै मुलुकको मौजुदा अवस्था जनमैत्रीबन्न नसकेको भन्दै पूर्वराजाले भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिन आग्रह गरेका छन् ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्धका लागि आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा पठाउने जुन हर्कत भइरहेको र त्यस्ता हर्कतले हाम्रो इज्जत, गौरब सबै लोप भएको बताउनुभएको   छ ।

देशभित्रै बसौं, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ भन्दै नेपाल बनाउने जिम्मा नेपाली जनतालाई दिन पनि अपील गर्नुभएको हो ।

 त्यस्तै सम्बोधनको क्रममा उहाँले नयाँ नेपाल’प्रति व्यंग्य गर्दै प्रश्न गरेका छन्, ‘ के नयाँ नेपाल भनेको यही हो के रु अग्रगामी भनेको पराबलम्बी नेपाल हो के रु नेपालको आफ्नो अस्तित्व छैन रु हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन रु’ भन्ने प्रश्न गर्दै पछिल्लो समय नेपालको दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको उल्लेख गर्नुभएको छ।
साथै उहाँले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने रु कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अँगाल्ने रु सोचौं गहिरिएर सोचौं ,अझ दिलैदेखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं , देशभन्दा ठूलो अरु केही हुँदैन । कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य बन्दैन भन्दै आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरुलाई अल्मल्याएर र निषेध गरेर अव अघि बढ्ननसक्ने जनाउ दिनुभएको छ ।

यस्तो छ सम्बोधनको पूर्णपाठ :