सोमवार, बैशाख २४, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धानका लागि थप तीन दिनको म्याद थपियो

 काठमाडौं जेठ ७,
नक्कली भुटानी शरणार्थी प्रकरणकाको अनुसन्धान करिव अन्तिम चरणमा पुगेको छ । प्रहरीले थप अनुसन्धानका लागि भन्दै जिल्ला अदालतमा गरेको आग्रह अनुसार अदालतले थप तीन दिनको म्याद दिएको गरेको छ ।

यसअघि प्रस्तुत प्रकरणमा प्रहरीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेपनि केहि अनुसन्धानका चरणका काम वाक्ी रहेको निष्कर्ष सहित म्याद थप्न प्रहरीले आग्रह गरेको हो ।

 प्रहरी उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार रहेको १६ समेत गरि ३२ जनाविरुद्ध मुद्दा चलाउन आवश्यक रहेको ठहर सहित आफ्नो अनुसन्धान प्रतिवेदन तयार गरेको बुझिएके छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, का‌ग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटाबा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी नेता टेकनाथ रिजलालगायतका व्यक्ति पक्राउ परेका छन् ।