शनिबार, बैशाख १५, २०८१

आज राष्ट्रपति पौडेलले सम्बोधनसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं जेठ ५,
आज आज अपराह्न ४ बस्ने बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्का कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन सहित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएsf] छ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि आजै साँझ ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकोछ।

त्यस्तै सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ ।