सोमवार, बैशाख २४, २०८१

अदालतको फैसलासंगै महानगरले टुकुचा खोला मिचिएर बनाइएका संरचना भत्काइने

काठमाडौँ बैशाख २५ ,
टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसलासंगै काठमाडौं महानगरले खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम अघिबढाउने भएको छ ।

यसअघि टुकुचा खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दाको सुनवाइ गर्दै उच्च अदालत पाटनले टुकुचा खोलाको पहिचान पुष्टि गरेको हो ।  काठमाडौँ महानगरका प्रमुख बालेन साहले उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठ सार्वजनिकभएसंगै आफ्नो समाजिक सञ्जाल मार्फत खोला अधिग्रहण गरिएका संरचना हटाउन सुरु गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो ।

काठमाडौं महानगर प्रमुख साहले आफ्नो समाजिक सञ्जालमा उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको जिकिर सहित नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको उल्लेख गर्नुभएको छ ।

साथै अदालतको प्रस्तुत फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ ।

कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ ।

यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका नगएको जिकिर सहितका अभिव्यक्ति दिएका छन ।

यसअघि महानगरले टुकुचा खोलाको नक्सालबाट सुरु गरेको उत्खनन कार्य सुरु गरेपछि महानगरको यस किसिमको कार्य अराजकताको पराकाष्ठा भएको र तत्काल उत्खनको कार्य रोक्नकालागि अदालतमा रिट दायर भएको थियो ।