सोमवार, बैशाख २४, २०८१

संवैधानिक परिषद्को बैठक : प्रधानन्यायाधीशमा कार्कीलाइ नियुक्त गर्न सिफारिस गर्ने निर्णय

तस्बिर : प्रदीपराज वन्त

काठमाडौं बैशाख २५ ,
संवैधानिक परिषद्को आज साँझ बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका बैठकमा प्रधानमन्त्री , प्रमुख प्रतिपक्ष दलका नेता एवं केपी ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेका छन् ।