सोमवार, बैशाख २४, २०८१

आज बस्ने प्रतिनिधि सभाको बैठकमा [प्रि–बजेट] माथि छलफल हुँदै

काठमाडौँ बैशाख २५ ,
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे सुरु हुने बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता [प्रि–बजेट] माथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

संसद सचिवालयले आज देखि २७ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेट माथि छलफल हुने र २७ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको जनाएको छ ।  आइतवारबाट सुरु भएको संसदको बजेट अधिवेशनमा अर्थमन्त्री डा. महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अघि प्रि-बजेट माथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रवाधान रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु