शनिबार, बैशाख २२, २०८१

कांग्रेस महामन्त्री थापाले भने- अब त अति भयो

काठमाडौ बैशाख २४ ,
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल ट्विटर मार्फत ट्विट गर्दै आफूले पार्टीमा राखेका कतिपय कुराहरूको प्रक्रिया चित्त नबुझेको र आफ्ना विषयलाई प्रवेश नै नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। महामन्त्री थापाले ट्विटरमा ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै नपाएको जिकिर गरेका छन ।

साथै ’ उनले लेखेका छन् धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमामा रहनुपर्ने वाध्यता विद्यमान छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो भन्दै तिव्र आक्रोशस व्यक्त गरेका छन । यद्यपि उनले विषय भने उल्लेख गरेका छैनन्।