शनिबार, बैशाख २२, २०८१

प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि सरकार पूर्ण प्रतिबद्ध : प्रम प्रचण्ड

 काठमाडौ बैशाख २४ ,
आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दैप्रधानमन्त्री प्रचण्डले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा प्रम प्रचण्डले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति अख्तियार गर्ने जनाउसंगै पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति सहित सञ्चार क्षेत्रमा विद्यमान तमाम समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताउनुभएको छ ।

साथै उहाँले एकीकृत मिडिया विकास कोष स्थापनासंगै ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्थाका लागि आवश्यक पहल अघि बढाइएको जानकारी समेत दिनुभयो ।

त्यस्तै कार्यक्रमममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भएको राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षाका लागि नेपाली पत्रकारिता जगतले निर्वाह गरेको महत्त्वपूर्ण रहेको बताउँदै समाजका हरेक क्षेत्रमा बढ्दो नकारात्मक प्रवृत्तिलाइ चिर्दै आमसञ्चारमाध्यमले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसँगै पत्रकारको दक्षता अभिवृद्धिका लागि सङ्घ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका मुद्दामा सरकारको ध्यानार्षण रहेको जानकारी दिनुभयो ।

कार्यक्रमा पुस्कृत व्यक्तित्वको तर्फबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल लगायतले वोल्नु भएको थियो ।