शनिबार, बैशाख २२, २०८१

आठौँ राष्ट्रिय पत्रकारिता दिवस: दाहाल र थापालाइ वरिष्ठ पत्रकार सम्मान

काठमाडौ बैशाख २४ ,
आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषनात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएको भन्दै कदरपत्रसहित रु दुई लाख राशीको वरिष्ठ पत्रकार सम्मानबाट  पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाइ   प्रदान गरिएको  छ ।

 त्यस्तै   कदरपत्रसहित रु एक लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट क्रमस पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्यलाइ सम्मानित गरिएकोछ हो ।