शनिबार, बैशाख २२, २०८१

सचिव पाण्ड‍ेसहित हिरासतमा रहेका ८ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौ बैशाख २४ ,
नेपालीलाइ भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट रकम असुल्ने गिरोहको ठगी धन्दा प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौं प्रहरी परिसरले ठगी धन्दा प्रकरणमा पक्राय परेका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव तथा संसद सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दिपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई आइतबार अदालतमा उपस्थित गराउँदै अनुसन्धानका लागि समय माग गर्दा अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भए पनि पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राइ समेत प्रहरीको फरार सूचीमा  रहेका छन ।

 भुटानी नक्कली शरणार्थी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले चैत १२ मा दुलाल, भण्डारी र गुरुङ पक्राउ गर्दै सुरु गरिएको अनुसन्धान पछि पक्राउ परेका अभियुक्तको वयानपछि तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई ,उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे र पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीलाइ पक्राउ गरिएको हो ।