सोमवार, बैशाख २४, २०८१

आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस विविध कार्यक्रम सहित मनाइँदै

काठमाडौँ बैशाख २४,

नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर मनाइने गरेको राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको स्मरण सहित सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरूपमा मनाउन मान्यता दिएसंगै वैशाख २४ गतेका दिन दिवस मनाउन थालिएको हो

पत्रकारितामा खोज र नवीनता: लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

साथै  आज सरकारले  पत्रकारिता दिवसका अवसरमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।