बुधबार, बैशाख १२, २०८१

जस्तोसुकै घेराबन्दी, दबाब र धम्कीकावीच पनि भ्रष्टाचारीलाइ नाङ्गेझार पार्छौं : प्रम प्रचण्ड

काठमाडौँ बैशाख २४,
प्रधानमन्त्री प्रचण्डले शनिवार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै उनले यो ट्रेलर मात्रै भएको बताए ।

त्यस्तै सम्बोधनको क्रममा प्रम प्रचण्डले भने केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिए । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिन्न भनेको थिए । आज तपाईँहरूले देखिरहनुभएको छ । यो ट्रेलर मात्रै हो । हेर्दै जानुहोस् सिङै फिल्म देखिन्छ ।’

साथै उहाँले यसवीचमा ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी र दबाब आएपनि जनताको साथ भएमा त्यसको प्रतिवद्ध रुपमा सामना गर्ने बताउँदै जनता साथ पाएमा जस्तोसुकै ठूलो घेराबन्दी, दबाब, धम्की आएपनि भ्रष्टाचार र भ्रष्टाचारीलाइ नाङ्गेझार पारिने बताउनुभयो ।