सोमवार, बैशाख १७, २०८१

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख र सरकारबीच सहमति

काठमाडौ बैशाख १७
विभिन्न मागसहित आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन र उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भएको माग सम्बोधनका विषयमा भएको छलफल सकारात्मकरुपमा टुङ्गिएको छ ।

आइतबार दिउँसो सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच भएको छलफलको क्रममा आज वार्ता टोली बनाएर वार्तामा बस्ने सहमति भएको वैज्ञानिक महावीर पुनले आफ्नो समाजीक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै वातृपछि भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा सरकार सकारात्मक रहेको जनाउसंगै  उनले लेखेका छन्, ‘आज दिउँसो २ बजे प्रधानमन्त्रीज्यूको निर्देशनमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काज्यू र मुख्य सचिव सँग हाम्रो मागको बारेमा छलफल गर्नको लागि वार्ता टोली ५ बजेसम्म गठन गर्ने र वार्ता शुरु गर्ने भन्ने निर्णय भयो ।’