मङ्लबार, बैशाख २५, २०८१

गोदावरी नगरपालिकाबाट जाली नेपाली रूपैया सहित तामाङ र विक पक्राउ

ललितपुर बैशाख १५,

जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–१३, झरूवाराशीबाट जाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ घर भई झरूवाराशी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका–१ का २१ वर्षीय भुपाल विक रहेको जनाएको छ ।

प्रहरीका अनुसार गत आइतबार किराना पसलमा सामान किन्न गएका जीवनले ५ किलो मैदा र दुई लिटर खाने तेल लिएपछि एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई दिएका थिए । तर, तिमल्सिनाले उक्त नोट जाली रहेको थाहा पाएपछि प्रहरीलाई तत्काल खबर गरेपश्चात पक्राउ परेको तामाङ र विको साथबाट एक हजार, पाँच सय र एक सय दरका एक–एक वटा जाली नोट बरामद गरेको जानकारी संगै पक्राउ परेका अभियुक्तमाथि जाली मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाएके छ ।

त्यस्तै प्रहरीले भुपालको डेराबाट प्रिन्टरसहित थप एक हजार, पाँच सय र एक सय दरका नोट बनाउन फोटोकपी गरिएका कागजहरू पनि फेला पारेको छ । उनीमाथि पनि थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले नक्कली नोट बनाउँदै बजारमा पठाइएकाले थप नक्कली नोट सर्वसाधारणले अञ्जानमा प्रयोग गरिरहेको हुनसक्ने आशंका गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31