सोमवार, बैशाख २४, २०८१

प्रतिनिधि सभा सदस्य लामिछाने र वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिदै

काठमाडौँ बैशाख १५,
गत बैशाख १० मा सम्पन्न् उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको आज शपथ ग्रहण हुने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार चितवन क्षेत्र नम्बर९२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित डा। स्वर्णिम वाग्लेले शुक्रबार बिहान साढे ११ बजे शपथ लिने कार्यक्रम रहेको जानकारीसंगै बारा क्षेत्र नम्बर २ बाट निर्वाचित उपेन्द्र यादव भने काठमाडौँ बाहिर रहेकाले आज लामिछाने र वाग्लेको मात्र सपथ हुने जनाएको छ ।

सभामुख देवराज घिमिरेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने साथै लोगो पनि वितरण गर्ने कार्यक्रम रहेको जनाएकोछ ।