सोमवार, बैशाख २४, २०८१

गण्डकीमा पाण्डे र लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त

 काठमाडौं वैशाख १४,
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त गर्नुभएको छ ।

धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले बिहीबार नै प्रदेश प्रमुख समक्ष कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीका दाबी पेस गरेका गरेका थिए।

त्यस्ते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।

चौधरीले नयाँ सरकार गठनका लागि आठ दल क्रमस माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका गरि ५३ सांसदको समर्थनमा दावी पेश गर्नुभएको थियो ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले शुक्रवार दिउँसो साढे ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।