आइतवार, बैशाख २३, २०८१

एसीसी प्रिमियर कप: शनिबार सेमिफाइनलमा नेपाल-कुवेत र ओमान-युएईवीच प्रतिस्पर्धा हुँने

काठमाडौं वैशाख १४,
एसीसी प्रिमियर कप अन्र्तगत आज कतार र नेपालवीचको भएको समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ।

नेपालले टस हारेर पहिले ब्याटिङ सहित मैदानमा उत्रेको नेपालले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा सबै विकेटको क्षतिमा ८९ रनमात्र बनाउन सकेको हो । यसरी कतारलाइ पराजित गर्दै समूह ए बाट नेपाल समूह विजेता बन्दै तथा ओमान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै भएको समूह ‘बी’ को अर्को अन्तिम खेलमा कुवेतले हङकङलाई ३१ रनले पराजित गरेको छ । कुवेतले आठ विकेटको क्षतिमा दुई सय ७२ रन बनाएको थियो । जितका लागि दुई सय ७३ रन बनाउनुपर्ने हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन मात्र बनाउनसकेकोे हो ।

अवको सेमिफाइनल चरणमामा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बी’ को विजेता युएईले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।