मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रिय सभाको बैठक : अर्थतन्त्रको सुधारका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस

काठमाडौं बैशाख १३,

मुलुकको दिनानुदिन तरल बन्दै गइरहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रिय सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ।

सभामा पेश गरिएको प्रस्ताव प्रस्तावकमा सांसद मदनकुमारी शाह प्रस्तावक रहनुभएको छ भने सांसदहरु अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा प्रमिला कुमारी, डा विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर समर्थक रहनुभएको छ।

त्यस्तै प्रस्तुत प्रस्तावमा सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको चर्चा गरिएको छ ।

प्रस्ताव पेश गर्दै सासंद शाहले मुलुकमा बढ्दो नीतिगत भ्रष्ट्राचारसंगै बढ्दो चर्को ब्याजदरका कारण ओरालो लाग्दै गरेको अर्थतन्त्रले अवस्था दिनानुदिन विकाराल बन्दै गएको र यसको समाधान गर्नु सरकारको पहिलो कर्तव्य भएको जिकिर गर्नुभयो ।

त्यस्तै सार्वजनिक महत्त्वको प्रस्ताव उपरको छलफलका क्रममा अर्थमन्त्री उपस्थित नभएको भन्दै प्रमुख प्रतिपक्ष दलका सांसदले उभिएर विरोध जनाउएसंगै बैठक केहि समय स्थगित भएको बैठक अर्थमन्त्री राष्ट्रिय सभामा उपस्थितभएसंगै छलफल सुचारु भएको थियो ।