मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रिय फोटो पत्रकारिता दिवस: पहिलो महिला फोटो पत्रकार उषा र श्रेष्ठ सम्मानीत

अनुप प्रधान / काठमाडौं बैशाख १३,

आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँएको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

यसैक्रममा राष्ट्रिय फोटो पत्रकार समूहले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा नेपालको पहिलो महिला फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन घोषणा गरिएको उक्त समान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यमा उहाँहरूलाई आज प्रदान गरिएको हो।

पुरस्कार वितरण कार्यक्रमलाइ मन्त्री ज्वालाले फोटो पत्रकारिता चुनौतीपूर्ण पेशा रहेको उल्लेख गर्दै पत्रकारको योगदानलाई सम्मान व्यक्त गरे । उनले पत्रकारहरुले खिचेको फोटोको अभिलेखालय स्थापना गर्न पहल गर्ने समेत बताए ।

कार्यक्रममा एनएफपिजेका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्तले सबै फोटो पत्रकारअरूलाई एकजुट भएर संघर्ष सहितको पेशागन मर्यादा कायम राख्न  आह्वान गर्नुभएको उक्त कार्यक्रममा एनएफपिजेले आयोजना गरेको सेतो मच्छिन्द्रनाथ रथ जात्रा फोटो प्रदर्शनी, र पर्यटन फोटो प्रदर्शनीमा फोटो उपलब्ध गराएका फोटो पत्रकारहरुलाई समेत सम्मान गरेको थियो।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीनरत्न बज्राचार्य, राजेन्द्र चित्रकार र एनएफपिजे बागमती प्रदेश अध्यक्ष नारायण सिलवाल लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।