बुधबार, बैशाख १९, २०८१

कोभिड संक्रमणका कारण थप थप एकको मृत्यु, ८२ संक्रमित थपिए

काठमाडौं बैशाख १३,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण थप एकजनाको मुत्यु भएको जनाएको छ । योसँगै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ ।

त्यस्तै मन्त्रालयले देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाउँदै यसवीचमा ६५ जना कोभिड संक्रमण मुक्त भएको जानकारी दिएको छ ।

त्यस्तै देशभर अहिले ३६१ जना संक्रिय संक्रमित रहेको जनाउ संगै मन्त्रालयले काठमाडौं उपत्यकामा २९ जना संस्थागत आइसोलेसनमा, ५ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।